तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा जुलाई १० तारिखदेखि तातो हावा शुरु भएको हो। गर्मीका कारण त्यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ।

नेपालभ्युज

तातो हावाबाट ५१० जनाको मृत्यु

एजेन्सी। स्पेनमा केही समयदेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ।

मन्त्रालयले त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि नरोकिएको बताएको छ।

स्पेनमा जुलाई १० तारिखदेखि तातो हावा शुरु भएको हो। गर्मीका कारण त्यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ।

स्वास्थ्य मन्त्रालयले तातो हावा शुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र त्यहाँ १५० जनाको ज्यान गएको जनाएको छ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्।

यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन त्यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved