महाराजगञ्जमा एनसेल सेन्टर, ग्राहकलाई विशेष अफर

नेपालभ्युज

महाराजगञ्जमा एनसेल सेन्टर, ग्राहकलाई विशेष अफर

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।

त्यहाँ सबै महिला कर्मचारी रहने एनसेलले जनाएको छ।

“काठमाडौंमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ’’, एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने।

यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्ने उनको भनाइ छ।

उक्त एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्नेछन्। यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।

यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि ल्याएको छ। जसअन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन्।

यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्ज बराबर ग्राहकले २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। अर्थात् १०० रिचार्ज गर्ने ग्राहकले २० को दुई ओटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्। त्यस्तै २०० रिचार्ज गर्ने ग्राहकले रु २० को चार ओटा रिचार्ज कार्ड बोनस स्वरुप  पाउँछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले २० को १० ओटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन्।

एनसेल सेन्टरले आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजे सम्म ग्राहकहरुलाई सेवा प्रदान गर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved