‘ई–स्पोर्टसलाई सिर्जनशील बनाउन बजेट छुट्याइएको हो, कुनै अमुक संस्थाका लागि होइन’

नेपालभ्युज

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ई–स्पोर्टसबारे उठेका विवादबारे जवाफ दिएका छन्।

उनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट पारे।

‘‘ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन। आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने विधा हो’’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यहि वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस् पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्।’’

यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको उनले बताए। कानूनले तोकबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने उनको भनाइ छ।

उनले भने, ‘‘फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानूनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन। साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved