आईएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ बम्पर विजेता घोषणा

नेपालभ्युज

आईएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ बम्पर विजेता घोषणा

काठमाडौँ। आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजनाअन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ।

जसअन्तर्गत पहिलो दुई साताका एक सन्देश श्रेष्ठ भाग्यशाली विजेता हुन सफल भएका छन् भने दोस्रो दुई साताका रामपुकार महतो भाग्यमानी हुन सफल भएका छन्। दुवै विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेका थिए। योजना अवधिभर हवाई टिकट काट्ने यात्रुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ।

जेठ १ बाट शुरु यस योजनामा आईएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुमध्ये योजना अवधिभरि हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved