सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन्।

नेपालभ्युज

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नी। अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्।

उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।

अत्यधिक वर्षा र त्यसपछिको बाढीले त्यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ।

स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन्।

पछिल्लो चार दिनमा झण्डै आठ महीनामा पर्ने वर्षा भएको छ। बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्।

बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन्। ग्रेटर सिड्नी भनिने तीन ठूला शहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० ओटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ।

जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई बेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन्।

जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved