चट्याङ लागेर कञ्चनपुरमा तीन जनाको मृत्यु

नेपालभ्युज

चट्याङ लागेर कञ्चनपुरमा तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

धनगढी। चट्याङ लागेर कञ्चनपुरमा तीन जनाको मृत्यु भएको छ।

आज बिहान वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका–८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जना आ–आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ घर भएका ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती रेडियण्ट ग्यास कम्पनीको जमिनमा रोपाईं गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved