इन्धन हालिदिन्छु भनेर लिफ्ट मागे, कार लुटेर भागे

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जना गोदावरी आइपुगेपछि कार धनीलाई कुटपिट गरी, हात बाँधेर बाटोमा फालेर गाडी लुटेर भागेका हुन्।

इन्धन हालिदिन्छु भनेर लिफ्ट मागे, कार लुटेर भागे

धनगढी। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा गाडी धनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन्।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए। ‘‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’’ भण्डारीले भने, ‘‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे।’’

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

भण्डारी डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved