यसरी लगाइँदैछ ५ देखि १२ वर्षका बालबालिकालाई फाइजर खोप (तस्वीरहरू)

यसरी लगाइँदैछ ५ देखि १२ वर्षका बालबालिकालाई फाइजर खोप (तस्वीरहरू)

काठमाडौं। सरकारले बिहीबारदेखि ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाउन शुरु गरेको छ।

दुई चरणमा देशैभर ३९ लाख बालबालिकालाई दिन लागिएको यो खोप बिहीबारदेखि पहिलो चरणमा २७ जिल्लामा शुरु गरिएको हो। खोप अभियानको भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयमा यूएसएड नेपाल मिसनका अधिकारीहरुले निरिक्षण गरेका थिए।

पहिलो चरणमा २७ वटा जिल्लामा १५ असारसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ।

त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणको खोपका लागि कोभ्याक्सले २२ लाख डोज फाइजर खोप पठाइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved