मलेसियामा २४ घन्टामा कोरोना संक्रमित पाँचको मृत्यु

मलेसियाका स्वास्थ्य अधिकारीहरुका अनुसार त्यहाँ अहिले करीब २५ हजार जना सक्रिय संक्रमितहरु रहेका छन्।

नेपालभ्युज

मलेसियामा २४ घन्टामा कोरोना संक्रमित पाँचको मृत्यु

एजेन्सी। मलेसियामा पछिल्लो २४ घन्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसअवधिमा कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ।

बाहिरबाट आएकामा नभएर देशभित्रै उक्त संख्यामा सङ्क्रमितहरु भेटिएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

ती अधिकारीका अनुसार त्यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ। अहिलेसम्ममा ३५ हजार ७३० जना संक्रमितको ज्यान गएको बताइएको छ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुका अनुसार त्यहाँ अहिले करीब २५ हजार जना सक्रिय संक्रमितहरु रहेका छन्। तीमध्ये केही व्यक्ति आईसीयूमा रहेका बताइएको छ।

तर, पछिल्ला केही हप्ता यता भने यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved