थप २५ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८ सय ५६ पीसीआर परीक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन। कोरोनाका कारण थप १५ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४८ जना निको भएका छन्। हाल नेपालमा ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved