‘प्रेमी’की श्रीमतीलाई हातपात गरेपछि पक्राउ परेकी राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

‘प्रेमी’की श्रीमतीलाई हातपात गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ। राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो।

नेपालभ्युज

‘प्रेमी’की श्रीमतीलाई हातपात गरेपछि पक्राउ परेकी राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

बुटवल। ‘प्रेमी’की श्रीमतीलाई हातपात गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ। राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो।

प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए। प्रहरीले कानुन सम्मत र प्रक्रिया पुर्‍याएर छोडेको उनले बताए।

संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएको उनले जानकारी दिए। उनले भने, ‘‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन, राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ। उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्‍याएर छोडेका छौँ।’’

राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएलका एक नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ। पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्। प्रहरी प्रमुख सुरेश काफ्लेले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको बताएका छन्।

राज्यमन्त्री विमलाले आफ्नो घरमा आएर एकराजलाई आफ्नो श्रीमान् दाबी गरेको एकराजकी पत्नी मीना भण्डारीले बताएकी छिन्। आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको आरोप छ। घटना हुँदा एकराज घरमा थिएनन्।

आफूमाथि आक्रमण भएपछि मीनाले प्रहरी बोलाएकी थिइन्। इप्रका तुलसीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

राज्यमन्त्री विमलाका दुई छोरा छन्। विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो।श


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved