प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था नभए देश दुर्घटनामा जान्छ : लिङ्देन

अहिलेको प्रणाली नै गलत भएको उनले बताए।

नेपालभ्युज

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था नभए देश दुर्घटनामा जान्छ : लिङ्देन
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन्। देश अहिलेसम्मकै अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको बताउँदै उनले नागरिकले ठीक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्ने बताए।

मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशन उद्घाटन गर्दै लिङ्देनले देशमा देखिएको बेथिति अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताए। उनले पूर्ण समानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे।

उनले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गरे। अहिलेको प्रणाली नै गलत भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved