विश्वकप लिग–२ मा नेपाल ओमानसँग भिड्दै, पहिलो हारको बदला लिने मौका

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी ओमानविरुद्ध खेल्दै छ।

नेपालभ्युज

विश्वकप लिग–२ मा नेपाल ओमानसँग भिड्दै, पहिलो हारको बदला लिने मौका

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी ओमानविरुद्ध खेल्दै छ। खेल अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ।

नेपाल पहिलो खेलको हारको बदला लिँदै ओमानलाई पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। जारी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानविरुद्ध १३ रनले पराजित हुँदा अमेरिकासँग बराबरी खेलेको थियो।

ओमान पनि आज जित निकाल्दै सुखद अन्त्यको लक्ष्यमा रहनेछ। यसअघि ओमानले अमेरिकासँग ११४ रनको पराजय बेहोर्दा हुँदा नेपाल र अमेरिकालाई समान १३ रनले हरायो ।

नेपाल र ओमान चिरपरिचित प्रतिद्वन्द्वी हुन्। यी दुईले हालसम्म पाँच एक दिवसीय अन्तर्राष्ट्रियमा एक अर्काको सामना गरेका छन्। जसमा नेपालले एक र ओमानले चार खेल आफ्नो पक्षमा पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved