भारतमा बढ्दै कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ संक्रमितको मृत्यु भएको छ।

नेपालभ्युज

भारतमा बढ्दै कोरोना संक्रमण

एजेन्सी। भारतमा कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ संक्रमितको मृत्यु भएको छ।

३६ हजार २६७ जना कोभिडका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ३ हजार ७९१  जना संक्रमणमुक्त भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

भारतमा हाल फैलिएको ओमिक्रोनको उपप्रजाति बिए.४ र बिए.५ हो। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथन भारतमा कोरोना भाइसरको यो संक्रमण सानोतिनो लहरकै रुपमा जाने सक्ने बताउँछन्।

ओमिक्रोनको यो उपप्रजातिले बढी संक्रमण फैलाउन सक्ने विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक स्वामिनाथन बताउँछन्। यसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा पनि बढी असर पुर्‍याउन सक्ने उनले बताए। यसरी नै संक्रमण बढ्दै गए भारतमा कोभिडको सानो लहर नै आउन सक्ने चेतावनी दिँदै उनले आवश्यक सावधानी अपनाउन सुझाव दिए।

भारतमा पछिल्लो समय विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउन र फेस शिल्ड लगाउनुपर्ने नियम लगाइएको छ। कोभिडको नयाँ संक्रमण दर मध्यपूर्वी एशिया र दक्षिणपूर्वी एशियाबाहेक विश्वका अन्य देशमा कम हुँदै गएको विश्व स्वास्थ्य संगठनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved