चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो।

नेपालभ्युज

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

राजविराज। चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ।

चट्याङ लागेर गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved