किंग्स् कलेजका विद्यार्थीद्धारा शिल्पीमा नाटक मञ्चन

नेपालभ्युज

किंग्स् कलेजका विद्यार्थीद्धारा शिल्पीमा नाटक मञ्चन

काठमाडौं काठमाडौंस्थित किंग्स् कलेजका विद्यार्थीहरुले शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेका छन्।

सामाजिक सन्देश प्रवाह गर्ने उदेश्यका साथ शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ ।

यसै महीनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ ।

कलेजका विद्यार्थीहरुद्धारा मञ्चीत यस नाटकले आलंकारीकरुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनीधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा महिलाको अवस्था र सोमा परिबर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनीधित्वलाई नाटकले खास जोड दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved