बालेनको अभियानमा अनुपम फुडल्याण्डको साथ, सार्वजनिक शौचालय उपलब्ध गराउने

काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डले आफ्नो रेण्टुरेण्ट र बैङक्वेटमा सार्वजनिक शौचालय उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालभ्युज

बालेनको अभियानमा अनुपम फुडल्याण्डको साथ, सार्वजनिक शौचालय उपलब्ध गराउने

काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डले आफ्नो रेण्टुरेण्ट र बैङक्वेटमा सार्वजनिक शौचालय उपलब्ध गराउने घोषणा गरेको छ।

मेयर बालेन शाहको प्रस्ताव पछि काठमाडौं र काठमाडौं बाहिरका होटल रेष्टुराले पनि आफ्नो शौचालयलाई सार्वजनिक शौचालय बनाउने अभियान थालेसँगै अनुपम फुडल्याण्डले शौचालय उपलब्ध गराउने घोषणा गरेको हो।

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाहले नगर कार्यपालिकाको पहिलो बैठकबाट रेष्टुरेण्टमा रहेका सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेका थिए।

‘स्वच्छ, सफा र व्यबस्थित काठमाडौं’ को नारालाई साथ दिदै अनुपमले आफ्नो रेण्टुरेण्ट र बैंङक्वेटमा सार्वजनिक शौचालय उपलब्ध गराउने घोषणा गरेको हो।

व्यस्त रहने काठमाडौंको बत्तीसपुतली र गौशाला क्षेत्रमा खड्किएको सार्वजनिक शौचालयको अभाव कम हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved