एक महीनामै हाम्रो पात्रो एपबाट भित्रियो १० करोड रेमिट्यान्स

नेपालभ्युज

एक महीनामै हाम्रो पात्रो एपबाट भित्रियो १० करोड रेमिट्यान्स

काठमाडौं। नेपाली लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महीनामै १० करोड भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ।

एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महीना आघि मात्रै रेमिट्यान्स पठाउन मिल्ने सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। सेवा शुरु भएको एक महीनापछि अर्थात् ६ महीना अघि कम्पनीले १ करोड रेमिट्यान्स भित्र्याएको थियो।

एकै महीना १० करोड रेमिट्यान्स भित्रिएपछि कम्पनीका सीईओ शंकर उप्रेतीले प्रतिक्रिया दिँदै सेवाग्राहीमाझ अझै सहज ढंगले रेमिट्यान्स पठाउन मिल्ने सुविधा थप्ने बताए। ‘‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ। हाम्रो लक्ष्य नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा, इन्स्ट्यांन्ट ट्रान्सफरू सुविधा चाँडै ल्याउँछौँ, निकट भविष्यमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ।”

रेमिट सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved