नेपाली यु–१९ महिला क्रिकेटमा भुटानविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ।

नेपालभ्युज

नेपाली यु–१९ महिला क्रिकेटमा भुटानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं। नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो।

९ रनकाले लक्ष्य यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो। यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ। एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्कपमा स्थान बनाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved