तारा एयरको पोखरा–जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि बन्द हुने भएको छ।

नेपालभ्युज

तारा एयरको पोखरा–जोमसोम उडान एक सातालाई स्थगित
फाइल तस्वीर

काठमाडौं। तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि बन्द हुने भएको छ।

यति एयरले बिहीबार एक सूचना जारी गर्दै पोखरा–जोमसोम–पोखरा उडान २० जेठदेखि २७ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो। स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आज मात्रै आफन्तको जिम्मा लगाइएको छ। विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरिसकेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved