मेयरमा हारेका व्यक्तिले दिए कार्यपालिका सदस्यमा उम्मेदवारी

नेपालभ्युज

मेयरमा हारेका व्यक्तिले दिए कार्यपालिका सदस्यमा उम्मेदवारी

जनकपुरधाम।  महोत्तरीको भंगहा नगरपालिकामा कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा मापदण्डविपरीत एक जनाको उम्मेदवारी दर्ता भएको भन्दै विवाद उत्पन्न भएको छ।

अलपसंख्यक वा दलित समुदाय कलष्टरबाट कार्यपालिका सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान रहेकोमा यी दुई कलष्टरभन्दा बाहिरका समुदायबाट एकजनाले कार्यपालिका सदस्यका लागि उम्मेदवारी दर्ता गराएको मेयर सञ्जीव साहले जनाएका छन्।

अल्पसंख्यकअन्तर्गत नपर्ने धानुक समुदायका विजय मण्डलले कार्यपालिका सदस्यका लागि बुधबार उम्मेदवारी दर्ता गराएका मेयर साहले बताए।

यता नवनिर्वाचित उपमेयर शान्ति कुमारी सिंहले धानुक जाति राजवंशी अल्पसंख्यक समुदायमा सूचीकृत भएको व्यहोरा लेखेर विजय मण्डलको नाम सिफारिस गरेको हुँदा मण्डलको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचन अधिकृत केशव अर्यालले बताए।

निर्वाचन अधिकृत अर्यालले भने, “उपमेयरले गरेको सिफारिसबमोजिम मण्डलको उम्मेदवारी दर्ता तथा सदर भएको हो।”

यद्यपि उपमेयर सिंहले सिफारिस गरेको सो पत्रमा दर्ता र चलानी नम्बरसमेत उल्लेख छैन। उम्मेदवारी दर्ता गराएका मण्डल मेयरका प्रत्यासी थिए। तर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साहसँग उनी पराजित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved