विमान दुर्घटना : छानबिन गर्न आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएकाे तारा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ।

नेपालभ्युज

विमान दुर्घटना : छानबिन गर्न आयोग गठन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएकाे तारा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ।

दुर्घटनाको कारण पत्ता लगाउन वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमनकाे अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको हो। आयोगकाे सदस्यमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य रहेका छन् भने सदस्य सचिवमा मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन्।

पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको विमान बिहान १०ः ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो। विमानमा चालक दलका तीन जना र १९ जना यात्रु थिए। विमानमा सवार सबैकाे मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved