ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

कपिलवस्तु र दाङमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

नेपालभ्युज

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं। कपिलवस्तु र दाङमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ साधुनगरमा सोमबार रा१त १९०२ नभ्बरको ट्याक्टरले ठक्कर दिँदा सोही पालिका ७ बस्ने १९ वर्षीय हेमराज रावतको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

ट्याक्टरको ठक्करबाट घाइते भएका उनको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अहिले प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

कपिलवस्तुमा लु४त २५०५ नम्बरको ट्याक्टरको ठक्करबाट बबई गाउँपालिका–४ मा सोही नगरपालिका ३ बस्ने बालमुकुन्द चौधरीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved