बढी इन्जिन क्षमताका मोटरसाइकलमा ह्वात्तै बढ्यो कर

२०० सीसीभन्दा कम इन्जिन क्षमता भएका मोटरसाइकल तथा स्कुटरमा भने ३० प्रतिशत मात्रै भन्सार महशुल लाग्ने अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेख छ।

नेपालभ्युज

बढी इन्जिन क्षमताका मोटरसाइकलमा ह्वात्तै बढ्यो कर

काठमाडौं। सरकारले नयाँ बजेटमार्फत बढी इन्जिन क्षमताका मोटरसाइकलमा कर ह्वात्तै बढाएको छ। नयाँ बजेटमार्फत सरकारले भन्सार र अन्त:शुल्क दर ह्वात्तै बढाएको हो।

नयाँ व्यवस्थाअनुसार अब १ साउनदेखि २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लाग्ने भएको छ। अहिले सबै दुई पांग्रे सवारीसाधनमा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ।

यस्तै, २०० सीसीदेखि २५० सीसीसम्मको मोटरसाइकलमा अन्तःशुल्क पनि ८० प्रतिशतले बढेको छ। अहिले २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो।

नयाँ बजेटमा भएको व्यवस्थाअनुसार अब २५० देखि ५०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत र ५०० सीसीदेखि माथिका मोटरसाइकलमा ८० प्रतिशत भन्सार बढेको छ।

२०० सीसीभन्दा कम इन्जिन क्षमता भएका मोटरसाइकल तथा स्कुटरमा भने ३० प्रतिशत मात्रै भन्सार महशुल लाग्ने अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेख छ।

बजेटअनुसार अब २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ९० प्रतिशत र ५०० सीसीदेखि माथिका सबैमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved