सरकारले शहरी गरीबका लागि अपार्टमेन्ट बनाउने

नेपालभ्युज

सरकारले शहरी गरीबका लागि अपार्टमेन्ट बनाउने

काठमाडौं। सरकारले शहरी गरीबहरूका लागि आधारभूत सुविधासहितको अपार्टमेन्ट निर्माण गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनकाअनुसार शहरी गरीबका लागि स्वरोजगारको अवसर प्रदान गर्न क्षमता विकास र सीप मूलक तालिम दिइनेछ।

त्यस्तै भूमिहीन र घरबारबिहीनहरूलाई आवास सुविधा, सीप बिहीनलाई सीप र बेरोजगारहरूलाई रोजगार र गुणस्तरीय स्वास्थ्य शिक्षा सहित प्रभावकारी सार्वजनिक सेवा प्रवाहका माध्यमबाट दीगो रूपमा गरीबि निवारण गर्ने उनले बताए।

राज्य सुविधा परिचयपत्र वितरण कार्य सम्पन्न गरी गरीब घर परिवारको एकीकृत सूचनाको लागि घरपरिवार सूचना प्रणालीको निर्माण गर्ने, गरीब लक्षित कार्यक्रमको प्रभावकारी कार्यक्रम ल्याइने, शहरी गरीबलाई रोजगार र स्वरोजगारको अवसर प्रदान गर्न क्षमता विकास र सीप मूलक तालिम दिने, आधारभूत सुविधासहितको अपार्टमेन्ट निर्माण गर्ने व्यवस्था मिलाउने अर्थमन्त्री शर्माले घोषणा गरेका छन्।

निरपेक्ष गरीबिको रेखामुनी रहेका दलित समुदायका श्रमयोग्य जनशक्तिलाई सीपमुलक तालिम दिई स्वरोजगार बनाउन परम्परागत सीप, ज्ञान पेशामा आधारित व्यवसायका अतिरिक्त अन्य व्यवसाय सञ्चालनका लागि प्रोत्साहन स्वरुप बीउ पुँजी बिना धितो सहुलियत ऋण उपलब्ध गराइने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved