निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सर्वोच्चले रोकेपछि दीप प्रज्वलन

नेपालभ्युज

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सर्वोच्चले रोकेपछि दीप प्रज्वलन

काठमाडौं। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाएपछि टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले आदेश स्वागत गर्दै दीप प्रज्जवलन गरेको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै दीप प्रज्जवलन गरेको हो।

कार्यक्रममा नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरूले अघि सारेको माग र आवाज आज आएर पूरा भएको बताए। अदालतको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको उनले टिप्पणी गरे।

विकल्प हुँदाहुँदै पनि निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजिएकोमा आफूहरूले धेरै पहिलेदेखि नै विरोध जनाएको उनले स्मरण गराए। प्रधानले तत्काल सामूदायिक वन समिति खोलेर टाँगियावासीलाई वनको उपभोग गर्ने वातावरण पनि राज्यले बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, वातावरणविज्ञ बाबुराम यादवले निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल खारेज नगरेर त्यसको विकल्प खोज्न भनेर अदालतले फैसला गरेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved