स्वास्थ्य अनुसन्धान परिषद्‌भित्र भएको यौन दुर्व्यवहार घटनाको छानबिन गर्न समिति गठन

नेपालभ्युज

स्वास्थ्य अनुसन्धान परिषद्‌भित्र भएको यौन दुर्व्यवहार घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को कार्यालयमै एक कर्मचारीले इन्टनसिपमा आएकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ।

एनएचआरसीका एक तालिम अधिकृतले करीब डेढ महीना पहिला इन्टनसिपमा आएकी एक जना युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

आरोपपछि ती कर्मचारीलाई निलम्बन गरी छानबिन शुरु गरिएको हो। इन्टनसिपमा आएकी युवतीमाथि परिषद्‌मै यौन दुर्व्यवहार भएको उजुरी परेपछि ती कर्मचारीलाई निलम्बन गरी छानबिन शुरु गरिएको एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए।

पनि परिषद्मा इन्टनसिप गर्ने एक युवतीमाथि परिषदमा नै यौनदुर्व्यहार गरेको उजुरी पछि यौनदुर्व्यहार गर्ने व्यक्तिलाई निलम्बन गरिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved