‘गठबन्धनको ओरालो यात्रा शुरु, आगामी निर्वाचनपछि एमाले नेतृत्वमा आउँछ’

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गठबन्धनको आरोलो यात्रा शुरु भएको बताएका छन्। 

नेपालभ्युज

‘गठबन्धनको ओरालो यात्रा शुरु, आगामी निर्वाचनपछि एमाले नेतृत्वमा आउँछ’

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गठबन्धनको आरोलो यात्रा शुरु भएको बताएका छन्।

उपाध्यक्ष पौडेलले आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुने र एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरे।

‘‘आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुनेवाला छ। गठबन्धनले जे गर्न सक्ने हो त्यो गरिसक्यो,’’ उनले भने, ‘‘अब यसको ओरालो यात्रा शुरु हुन्छ। आउने निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन।’’

उनले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने पनि दाबी गरे। सरकारले संसदमा पेस गरेको नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको उनकाे टिप्पणी छ।

‘‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ,’’ नेता पाैडेलले भने, ‘‘यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved