स्वतन्त्र उम्मेदवार जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेस विजयी

न्यौपानेले नगरप्रमुखमा १२ हजार ७८ मत प्राप्त गरे भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए।

नेपालभ्युज

स्वतन्त्र उम्मेदवार जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेस विजयी

दमौली। तनहुँको व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै विजयी भएका हुन्।

२५२ को मतान्तरले न्यौपानेले नगरप्रमुखमा जित हासिल गरेका हुन्। उनले १२ हजार ७८ मत प्राप्त गरे भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए।

यस्तै, उपप्रमुखमा दरै १३ हजार ४९८ मत प्राप्त गरी विजयी भइन्। प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले दश हजार ४२ मत ल्याइन्।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको हो।

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ र ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने चयन भएका छन्।

यस्तै, वडा नम्बर ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved