गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै धरानको मेयरमा हर्क साम्पाङ विजयी

गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।

नेपालभ्युज

गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै धरानको मेयरमा हर्क साम्पाङ विजयी

काठमाडौं। गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर राईलाई पाँच हजार ७६२ मतान्तरले पराजित गर्दै साम्पाङ मेयरमा निर्वाचित भएका हुन्। साम्पाङले २१ हजार ८२१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९  मत पाएका छन्। नेकपा (एमाले) की मञ्जु भण्डारी (सुवेदी) ले १२ हजार ८२५ मत पाइन्।

निर्वाचनमा लाैराे चुनाव चिन्ह पाएका साम्पाङले धरानमा लामाे समयदेखि खानेपानी समस्याकाे मुद्दा उठाउँदै आएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिलाई लिएर समेत आन्दोलित उनलाई धरानवासीले लोकप्रिय मतले विजयी गराएका हुन्।

उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघा विजयी भएका छन्।

नेकपा (एमाले)का पदम इस्बो लिम्बूलाई हराउँदै बेघा मेयरमा निर्वाचित भएका हुन्। बेघाले २० हजार ५१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्बाेले १७ हजार ६०६ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved