काठमाडौं : कांग्रेस र एमालेले ७/७ वडा जित्दा माओवादी शून्य

काठमाडौं महानगरपालिकाको १४ ओटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबरी सात–सात वडा जितेका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवाद) लगायतका दल भने शून्यमै सीमित रहे।

नेपालभ्युज

काठमाडौं : कांग्रेस र एमालेले ७/७ वडा जित्दा माओवादी शून्य

काठमाडौं। काठमाडौं महानगरपालिकाको १४ ओटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबरी सात–सात वडा जितेका छन्।

वडा नम्बर १ नक्साल, वडा २ लाजिम्पाट, वडा ३ महाराजगञ्ज, वडा ४ बालुवाटार, वडा ५ हाँडिगाउँ, वडा ३१ शान्तिनगर र वडा ३२ कोटेश्वरमा एमालेले जितेको छ। वडा ६ बौद्ध, वडा ७ मित्रपार्क, वडा ८ पशुपति, वडा २७ महाबौद्ध, वडा २८ पुरानो बसपार्क, वडा २९ डिल्लिबजार र वडा ३० ज्ञानेश्वरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचनमा कडा प्रतिस्पर्धामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवाद) लगायतका दलका वडाध्यक्ष उम्मेवारले भने काठमाडौंकाे हालसम्म मतगणना सकिएकाे कुनै पनि वडा जित हासिल गर्न सकेनन्।

वडा ९, १०, ११, १२, २३, २४, २५, २६ मा मतगणना जारी छ भने अन्य वडाको मतगणना सुरु भएको छैन।

काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेकोमा जम्मा ५० प्रतिशत मत खसेको थियो। हालसम्म एक लाख १२ हजार ४४२ मत गणना भइसकेको छ भने ७८ हजार ७४४ मत गणना हुन बाँकी छ।

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ। उनी ४० हजार ३ मतसहित अगाडि लाग्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत पाएकी छिन् भने २२ हजार ९५ मतसहित नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved