काठमाडौंमा बालेनले कटाए ४० हजार मत, केशव स्थापित सिर्जनाभन्दा पछाडि

बालेनले ४० हजार ३ मत प्राप्त गर्दा केशव स्थापितले २२ हजार ९५ पाएका छन् भने सिर्जना सिंहले २२ हजार ७४९ पाएकी छन्। सिर्जनाले स्थापितलाई ६५४ मतले उछिनेकी छन्। 

नेपालभ्युज

काठमाडौंमा बालेनले कटाए ४० हजार मत, केशव स्थापित सिर्जनाभन्दा पछाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ।

हालसम्म एक लाख १२ हजार ४४२ मत गणना हुँदा बालेन साह नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा १७ हजार ९०८ मतले अगाडि छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १७ हजार २५४ मतले बालेनभन्दा पछाडि छिन्।

बालेनले ४० हजार ३ मत प्राप्त गर्दा केशव स्थापितले २२ हजार ९५ पाएका छन् भने सिर्जना सिंहले २२ हजार ७४९ पाएकी छन्। सिर्जनाले स्थापितलाई ६५४ मतले उछिनेकी छन्।

अब काठमाडौं महानगरमा ७८ हजार ७४४ मत गणना गर्न बाँकी छ। अब काठमाडौं महानगरमा ७८ हजार ७४४ मत गणना गर्न बाँकी छ। ५९ प्रतिशत मतगणना सकिएको छ भने ४१ मत गणना गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved