सिर्जनालाई फेरि उछिने स्थापितले, बालेनको मत ३४ हजार कट्यो

नेपालभ्युज

सिर्जनालाई फेरि उछिने स्थापितले, बालेनको मत ३४ हजार कट्यो

काठमाडौं। काठमाडौं महानगरपालिकाको सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले नेकपा एमालेका केशव स्थापितलाई पछि पारेको केही समयमै स्थापितले पुन: अग्रता लिएका छन्।

यसअघि मतपरिणाम सार्वजनिक हुँदा २४ मतले अगाडि रहेकी सिर्जना पुन: ११८ मतले पछि परेकी छन्। गणना शुरु भएकै दिनबाट यी उम्मेदवार दोस्रो र तेस्रो हुँदै आएका छन्। सिंह र स्थापितबीच शुरुआती दिनदेखि नै कडा प्रतिस्पर्धा चल्दै आएकोमा शनिबार सिंहले स्थापितलाई केही मतले उछिनेकी थिइन्।

पछिल्लो मतपरिणामअनुसार बालेन शाहले अग्रता कायमै राखेका छन्। उनी ३४ हजार १३० मतसहित अगाडि छन् भने स्थापितले १८ हजार ५४७ मत पाएका छन्। सिर्जनाले १८ हजार ४२९ मत प्राप्त गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved