नागार्जुनको प्रमुखमा माेहन र उपप्रमुखमा सुशीला दोहोरिए

नागार्जुन नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र उपप्रमुख पदमा नेकपा एमालेकी सुशीला अधिकारी निर्वाचित भएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रमुखमा बस्नेत र उपप्रमुखमा अधिकारी नै निर्वाचित भएका थिए।

नेपालभ्युज

नागार्जुनको प्रमुखमा माेहन र उपप्रमुखमा सुशीला दोहोरिए

काठमाडौं। नागार्जुन नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र उपप्रमुख पदमा नेकपा एमालेकी सुशीला अधिकारी निर्वाचित भएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रमुखमा बस्नेत र उपप्रमुखमा अधिकारी नै निर्वाचित भएका थिए।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले नेकपा एमालेका उम्मेदवार नन्दनहरि गौतमलाई १ हजार ८१८ मतले पराजित गरे। बस्नेतले १० हजार १८६ मत ल्याए भने गौतम ८ हजार ३६८ मै रोकिए।

उपमेयरकी उम्मेदवार अधिकारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवारकल्पना नेपालीलाई फराकिलो मतअन्तरले पराजित गरिन्। अधिकारीले ९ हजार ४७४ मत ल्याइन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवारले २ हजार २७९ मत पाए।

नागार्जुनका दश वटा वडामध्ये नेपाली कांग्रेसले वडा न १, ४, ६, ९ र १० वडा सहित २५ पदमा विजय हासिल गर्‍यो भने एमाले उपमेयर सहित वडा नं २, ३, ७ र ८ सहित २२ पदमा विजय प्राप्त गर्‍यो। वडा न ५ मा राप्रपाका वडाध्यक्ष सहित प्यानल नै जित्यो। साबिकको इचंगुनायरायण, रामकोट, सितापाइला, भीमढुंगा र स्यूचाटार गाविस मिलेर नागार्जुन नगरपालिका बनेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved