काठमाडौं महानगर : केशव र सिर्जनासँग बालेनको मतान्तर १५ हजारभन्दा बढी

महानगरमा अहिलेसम्म ९० हजार २९२ मतगणना हुँदा बालेनले ३३ हजार २६० मत पाएका छन्।

नेपालभ्युज

काठमाडौं महानगर : केशव र सिर्जनासँग बालेनको मतान्तर १५ हजारभन्दा बढी

काठमाडौं। काठमाडौं महानगरपालिकामा लौरो चिह्नबाट स्वतन्त्र रुपमा स्थानीय चुनाव लडेका बालेन्द्र शाह (बालेन)ले फराकिलो अग्रता कायम राखेका छन्।

मतगणना शुरु भएदेखि नै अग्रता बनाएका बालेनले पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँग १५ हजारभन्दा बढी मतको अग्रता बनाएका छन्।

महानगरमा अहिलेसम्म ९० हजार २९२ मतगणना हुँदा बालेनले ३३ हजार २६० मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले मात्र १७ हजार ६९२ मत पाएका छन्।

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved