जगन्नाथको बागी उम्मेदवारी रेनुलाई भारी

अहिलेसम्मको परिणाम हेर्दा गठबन्धनकी साझा उम्मेदवार रेनुलाई असहयोग गरेका जगन्नाथको मत गठबन्धनलाई भारी परिरहेको देखिन्छ। जसको फाइदा एमालेका उम्मेदवार सुवेदीलाई पुगेको छ।

नेपालभ्युज

जगन्नाथको बागी उम्मेदवारी रेनुलाई भारी
काठमाडौं। भरतपुर महानगरपालिकाको मेयरको मतगणना जारी छ। मत गन्दै गर्दा परिणाम प्रतिस्पर्धात्मक ढंगले अघि बढिरहेको छ।
भरतपुरमा कहिले गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाइरहेकी छन् त कहिले उनलाई नेकपा एमालेका विजय सुवेदीले उछिनिरहेका छन्। १३ हजार ९३० मतगणना सकिँदा सुवेदीले ५८ मतले अग्रता लिएका छन्। सुवेदीले चार हजार ७२७ मतले अग्रता बनाउँदा उनलाई रेनुले चार हजार ६६९ मतसहित पछ्याइरहेकी छन्।
गठबन्धनले रेनुलाई साझा उम्मेदवार बनाएपछि असन्तुष्ट चितवनका कांग्रेसको समर्थनमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले दुई हजार मत कटाएका छन्। पौडेलले अहिलेसम्म दुई हजार ११४ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा बहालवाला मन्त्रीसमेत रहेका कांग्रेस नेताहरू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले उनलाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गर्दै फकाउन भरतपुर नै पुगे पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्ता नलिएपछि पार्टी कारबाही गरे पनि अहिले उनै जगन्नाथ गठबन्धनलाई भारी परिरहेका छन्।
अहिलेसम्मको परिणाम हेर्दा गठबन्धनकी साझा उम्मेदवार रेनुलाई असहयोग गरेका जगन्नाथको मत गठबन्धनलाई भारी परिरहेको देखिन्छ। जसको फाइदा एमालेका उम्मेदवार सुवेदीलाई पुगेको छ।
यता उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पाँच हजार ५५७ अंकसहित अग्रता बनाएका छन्। एमालेले सहयोग गरेका राप्रपाका उम्मेदवार हिमला गुरुङको तीन हजार ७६४ मत ल्याएकी छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved