मटिहानी नगरपालिका १ मा लोसपाका राय प्यानलसहित विजयी

मेयरमा लोसपाकै अग्रता

नेपालभ्युज

मटिहानी नगरपालिका १ मा लोसपाका राय प्यानलसहित विजयी

जनकपुरधाम। महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पहिलो विजयी खाता खोलेको छ।

शनिबार दिउँसोदेखि शुरु भएको मतगणना परिणामाअनुसार लोसपा नेपालले मटिहानी नगरपालिका वडा नं १ मा प्यानलसहितै वडाध्यक्ष पदमा शिवशंकर कुमार राय ३७८ मत ल्याई विजयी भएका छन्।

मटिहानी नगरपालिकाका निर्वाचन अधिकृत कुलबहादुर फडेराले राय सहितको प्यानललाई विजयी भएको घोषणा गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साह २१२ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन्।

निकटमत प्रतिद्वन्द्वी साह र विजयी भएका राय बीच १६६ मतको अन्तर रहेको निर्वाचन अधिकृत फडेराले जानकारी दिए। यता मटिहानीमा नगरपालिकाको मेयर पदमा लोसपा नेपालबाट उम्मेदवारी दिएका हरि प्रसाद मण्डलको अग्रता कायमै छ।

लोसपा उम्मेदवार मण्डल ३६३ मत ल्याई अग्रस्थानमा रहेका छन्। अग्रस्थानमा रहेका मण्डललाई नेकपा एमालेका उम्मेदवार हेम चन्द्र यादव र जसपा नेपालका उम्मेदवार मोहम्मद मुजिवुल रहमानले पछयारहेका छन्।

मटिहानी नगरपालिकाको धिरापुरस्थित कार्यालयमा हलमा जारी मत गणना अनुसार वडा नं। १ मा एक हजार ५१५ मतदाता थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved