सुर्खेतमा नेकपा एसले खाता खोल्यो

नेपालभ्युज

सुर्खेतमा नेकपा एसले खाता खोल्यो

सर्खेत । दैलेखमा नेकपा (एकीकृत समाजवादी) ले वडामा खाता खोलेको छ।

एकीकृत समाजवादी पार्टीबाट नौमुले गाउँपालिका-५ को वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर सलामी विजयी भएका हुन्।

उनले ५४९ मत प्राप्त गरेका नौमूले गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सलामीसँग नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित भएका छन्।

सदस्यहरुमा नेकपा (एकीकृत समाजवादी) पार्टीका जंगबहादुर विक, मनबहादुर कामी, हीरा बुढा र डिलमाया सुनार विजयी भएका छन्। यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved