भरतपुरमा विजयलाई उछिनिन् रेनुले

नेपालभ्युज

भरतपुरमा विजयलाई उछिनिन् रेनुले

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका विजय सुब्बालाई उछिनेकी छिन्। केही समयदेखि लिड गरिरहेका विजयलाई ६ भोटले पछि पार्दै रेनु अगाडि लागेकी हुन्।

हालसम्म भरतपुरमा ३५० मत गन्दा रेनुले १३३ मत पाएकी छन्। यसअघि अग्रता लिइरहेका सुवेदीले १२७ मत ल्याएका छन्।

यसैगरी नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत ल्याएका छन्।

यता उपमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन्। अधिकारीले १६२ मत ल्याउँदा नेकपा एमालेकी हिमला गुरुङले ९१ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved