वडाअध्यक्षका उम्मेदवारको घरमा आक्रमण, प्रहरीले लिएन उजुरी

नेपालभ्युज

वडाअध्यक्षका उम्मेदवारको घरमा आक्रमण, प्रहरीले लिएन उजुरी

काठमाडौं। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्षका उम्मेदवार दीपक थापाको घरमा आक्रमण भएको छ। स्थानीय निर्वाचनको अघिल्लो दिन बिहीबार घरमा ठूलो संख्यामा आक्रमण भएको उम्मेदवारकी बुहारी अञ्जली मल्लले बताइन्।

उनकाअनुसार राति सयौँको संख्यामा आएर घर घेरेर ढुङ्गा प्रहार भएको थियो। नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले घर घेराउ गरी आक्रमण गरेको आरोप उनको छ। “राति १० बजेतिर घरकै आँगनमा बसिरहेको थियौँ, एक्कासी होहल्ला गर्दै सयौँको संख्यमा आएका कांग्रेसको टोलीले अपशब्द बोल्दै आक्रमण गरे,” उनले भनिन्, “आक्रमणपछि हामी घरभित्र गयौँ, गर्भवती बहिनी दौडिन नसकेपछि उनीमाथि हातपात गरियो।”

उनले ६ महीनाकी गर्भवती सुनिता बोहोरामाथि समेत आक्रमण भएको बताइन्।

घरमा आक्रमण भएको बारे  आज उजुरी लिएर प्रहरीकहाँ जाँदा प्रहरीले उजुरी दर्ता गर्न नमानेको गुनासो उनले गरिन्। उनले भनिन्, “प्रहरी कार्यालय जाँदा चुनावमा यस्तो सानोतिनो घटना हुन्छ भनेर निवेदन लिनै मानेनन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved