सिर्जना सिंह र केशव स्थापितले कहाँबाट गर्दैछन् मतदान ?

नेपालभ्युज

सिर्जना सिंह र केशव स्थापितले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं। काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले शुक्रबार हुन लागेको स्थानीय निर्वाचनमा वडा नम्बर १६ बाट मतदान गर्ने भएकी छिन्।

सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने जानकारी दिइएकाे छ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले पनि महानगरकै वडा नम्बर २८ बाट मतदान गर्दैछन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved