कतार सरकारद्वारा नेपाललाई अक्सिजन ट्यांकर सहयाेग 

नेपालभ्युज

कतार सरकारद्वारा नेपाललाई अक्सिजन ट्यांकर सहयाेग 

काठमाडौं। कतार सरकारले नेपाललाई अक्सिजन ट्यांकर प्रदान गरेको छ।

नेपालका लागि कतारी राजदुत महामहिम युसुफ मोहम्मद अल हैलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई ट्यांकर हस्तान्तरण गरेका हुन्। अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रुपैयाँ बराबरको हो।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको छ। ट्यांकर हस्तान्तरण गर्दै अल–हैलले कतार सरकार नेपाललाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए।

स्वास्थ्य मन्त्रालयका सचिव पोखरेलले कतार सरकारले महामारीसँग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिए। उनले अक्सिजन ट्यांकर मकवानपुरमा रहेको हेटौँडा अस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि शुरू भइसकेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved