दिप्रुङ चुईचम्पा गाउँपालिका ७ का वडाध्यक्षको निधन

नेपालभ्युज

दिप्रुङ चुईचम्पा गाउँपालिका ७ का वडाध्यक्षको निधन

खोटाङ। फोक्सोमा पानी जमेपछि बिरामी भएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ।

उनको आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो। गत वैशाख ७ गतेदेखि विराटनगरको नोबेल अस्पतालमा उपचाररत उनलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो।

१५ मंसिर १९९७ मा जन्मिएका वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए।

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए। उनी २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved