राप्रपा छोडेका मधु अधिकारी नेकपा एस प्रवेश

नेपालभ्युज

राप्रपा छोडेका मधु अधिकारी नेकपा एस प्रवेश

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका मकवानपुरे नेता मधु अधिकारी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

शुक्रबार राप्रपा परित्याग गरेको घोषणा गरेका उनी आइतबार पोखरामा पुगेर नेकपा एस प्रवेश गरेका हुन्।

करीब तीन दशक लामो राप्रपाको राजनीतिबाट अलग भएका उनलाई नेकपा एस अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्। अधकिारीलाई उचित स्थान र भूमिका दिइने नेपालले आश्वासन समेत दिएका छन्।

अधिकारीले शनिबार हेटौंडामा भएको गठबन्धनको कार्यक्रममा मीनाकुमारी लामा र राजेश बानियाँको पक्षमा भाषण गर्दै भोटसमेत मागेका थिए। नेकपा एस पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए।

उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरू अवसरबाट विमुख हुने क्रम बढेकाले विद्रोह गरेको बताए। यस्तै राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधकिारीले पनि पार्टी परित्याग गर्दै नेकपा एसको यात्रा शुरु गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved