एक वर्षपछि भरतपुरमा प्लास्टिकको टुक्रा भेटिनेछैन : विजय सुवेदी

उनले भने, ‘‘म मेयर पदमा विजयी भएपछि सबैभन्दा पहिला भारतको भ्रमण गर्नेछु र त्यहाँ गएर केजरीवालसँग भेट्नेछु।”

नेपालभ्युज

एक वर्षपछि भरतपुरमा प्लास्टिकको टुक्रा भेटिनेछैन : विजय सुवेदी
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेबाट भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार विजय सुवेदीले भरतपुरलाई प्लास्टिकमुक्त शहर बनाउने बताएका छन्। आज क्याम्पाचौरमा आयोजित एमालेको चुनावीसभामा उनले मेयर जितेको ६ महीनाभित्र भरतपुरको विकासका लागि गुरुयोजना बनाउने बताए।

गुरुयोजनाअनुसार एक वर्षभित्र भरतपुरलाई प्लास्टिकमुक्त शहर बनाउने उनको भनाइ थियो। उनले भने, ‘‘६ महीनाभित्रमा भरतपुरको विकासका लागि गुरुयोजना बनाउनेछु। एक वर्षपछि प्याटिकको टुक्रा भेटिने छैन। फोहर पानीलाई नारायणीलाई त्यस्तै फालिने छैन। नारायणीलाई स्वच्छ बनाउनेछु।”

उनले भरतपुरमा बितेको ५ वर्षमा जथाभावी शिलान्यास मात्रै गरिएको आरोप लगाए। ५ वर्षमा व्यवस्थित विकास गर्नबाट महानगरको नेतृत्व चुकेको बताउँदै उनले विभिन्न आयोजनाहरू शिलान्यास गरिएको तर सम्पन्न हुने सुनिश्चितता नभएको टिप्पणी गरे। अब आफू नेतृत्वमा आए त्यसको विकासका लागि पहल गर्ने उनले बताएका थिए।

यस्तो छ चुनावी सभामा सुवेदीले गरेको सम्बोधन 

भरतपुरको विकास समानतामूलक हिसाबमा हुनुपर्छ। पुरानो नारायणगढ र भरतपुरले मात्रै चितवनको आवादी थाप्न सक्नेछैन। जनसंख्या बढ्दै जाँदा चितवनको भित्रि भागमा घरहरू बढ्दै छन्। जसले गर्दा यहाँका जग्गा टुक्रिएका छन्। बेलैमा चितवनको व्यवस्थित विकास हुन सकेन भने काठमाडौंको अवस्था चितवनले व्यर्होनुपर्छ।

अरु देशले विकास गर्ने हामीले गर्न नसक्ने कारण के हो? नारायणी नदी, सौराह भएको स्थानको विकास किन हुन सकेको छैन ? नारायणी र राप्ती तटबन्ध हुन्छ र त्यसलाई हरियाली शहर बनाउनेछौँ। माडीलाई प्राकृतिक शहर बनाउनेछौँ।

योगनावद्धरूपमा सौराहको विकास नहुँदा त्यसले आज पर्यटकको स्वागतमा समस्या खेपिरहेको छ। यहाँ हाम्रो पहाड कविलास छ त्यसलाई गर्मी मौसममा गएर बस्न मिल्ने हिल स्टेसन बनाउनुपर्छ।

नारायणी किरानलाई विकास गर्न चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरपालिकालाई आग्रह गरेको थियो तर महानगरले वाणिज्य संघलाई विश्वास गरेन। हामीले दियालो बंगलालाई सग्राहलयका रुपमा विकास गर्न चहन्छौँ। त्यसले गर्दा भरतपुर आउने व्यक्तिले पुरानो भरतपुर र नयाँ भरतपुरमा धेरै परिवर्तन भएको महशुश गर्नेछ। हामीले २५ हजार मानिस अट्ने भवनको निर्माण गर्नेछौँ जसले गर्दा मानिसले आमसभामा सहभागी हुँदा घाममा बस्नुपर्दैन।

गरीवीको रेखामुनि भएका व्यक्तिलाई हामी भत्ताको व्यवस्था गछौँ। भरतपुर महानगरपालिका माग्ने महानगर होइन दिने महानगर हो। यहाँ कसैले दु:ख पाएको अवस्थामा वडामा गएर र्‍यापिड रेस्पोन्स डेक्स स्थापना गछौँ त्यसले व्यवस्था गर्छ। हामी करको मात्रा बढाउँदैनौँ दायरा बढाउँछौँ। महानगरको विकासमा पूर्व सरकारी कर्मचारीको क्षमताको प्रयोग गर्नेछौँ।

मैले मेयर पद जितेको खण्डमा यहाँ लगानी सम्मेलन गर्नेछु। म मेयर पदमा विजयी भएको खण्डमा पहिला भारतको भ्रमण गर्नेछु र त्यहाँ गएर केजरीवालसँग भेट्नेछु र त्यहाँका यातायतमन्त्री नितीन गड्करीलाई भेट्नेछु र उहाँहरूले गरेको विकासको मोडललाई यहाँ ल्याउनेछु।

६ महीनाभित्रमा भरतपुरको विकासका लागि गुरुयोजना बनाउनेछु। एक वर्षपछि प्यास्टिकको टुक्रा भेटिने छैन। फोहर पानीलाई नारायणीलाई त्यस्तै फालिने छैन। नारायणीलाई स्वच्छ बनाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved