श्रीलंकाका प्रधानमन्त्री राजापाक्षको राजीनामा तयारी

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षको राजीनामा तयारी

श्रीलकांका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गरेका छन्।

देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेका उनीनिकट श्रोतहरूले जनाएका छन्। राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको छ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन्। उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किँदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेका बताइएको छ।

आन्दोलन चर्किँदै गएको र संकटकाल लागू भएको परिप्रेक्ष्यमा आगामी कदमबारे छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत बीचमा छलफल भएको थियो। छलफलका क्रममा प्रधानमन्त्री महिन्दा राजापाक्ष राजीनामा दिन सहमत भएका जनाइएको छ।

देशमा आर्थिक संकट उत्पन्न भएपछि महँगी र अभाव बढेको थियो। महँगी र अभावबाट आक्रोशित जनताले आन्दोलन शुरु गरेका थिए। आन्दोलनपछि सरकारले त्यतिबेला पनि संकटकाल लगाएको थियो। आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए।

प्रधानमन्त्रीबाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved