शान्ति सम्झौतादेखि नै मा‌ओवादी-कांग्रेस गठबन्धन शुरु भइसकेको हो : पौडेल

उनले संविधान जोगाउन र नेपालको विकास गर्न पाँचदलीय गठबन्धन आवश्यक रहेको बताए।

नेपालभ्युज

शान्ति सम्झौतादेखि नै मा‌ओवादी-कांग्रेस गठबन्धन शुरु भइसकेको हो : पौडेल
फाइल तस्वीर

तनहुँ। नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभामा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको स्मरण गर्दै त्यतिबेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन शुरु भएको बताए।

समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातारवण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको उनको भनाइ थियो। उनले गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि मतदातालाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved