प्रचण्डको आरोप : एमालेका कारण नागरिकता समस्या समाधान भएन

नेपालभ्युज

प्रचण्डको आरोप : एमालेका कारण नागरिकता समस्या समाधान भएन

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद् चल्न नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताएका छन्।

धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा आयोजित चुनावी सभामा प्रचण्डले अब संसद् चलेलगत्तै एमालेले नाराबाजी गरे पनि नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए।

उनले भने, ‘‘एमाले गुटले नै संसद् चल्न दिएको छैन्। संसद्मा बहस हुन दिएको छैन। त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ। तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौं।’’

प्रचण्डले बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नागरीकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको बताए।

उनले अदालतले अध्यादेश ल्याएर नभई संसद्को अधिवेशनभित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको बताउँदै सदनबाटै समाधान गरिने बताए। मधेशी जनताको अधिकारका लागि अन्तिम समयसम्म संघर्ष गर्ने उनको भनाइ थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved