म्यादी प्रहरीको पोशाक लगाएर जथाभावी बोलेको भिडिओ बनाउने किशोर पक्राउ

नेपालभ्युज

म्यादी प्रहरीको पोशाक लगाएर जथाभावी बोलेको भिडिओ बनाउने किशोर पक्राउ

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर तथानाम भन्ने एक किशोर पक्राउ परेका छन्। आफू म्यादी प्रहरी भएको भन्दै सामाजिक सञ्जालमा उनले बोलेको भिडिओ भाइरल भएको थियो।

प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो। पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज रेग्मी हुन्।

म्यादी प्रहरीको पोसाकमै सेल्फी भिडिओ बनाएर उनले आफू ‘मिदी’ प्रहरी भएको भन्दै नेपाल प्रहरीको मानमर्दन गरेका थिए। त्यस क्रममा उनले आफू म्यादी प्रहरी भएकाले साथीहरूलाई ‘जे गर्नु छ गर, म छु’ भन्ने अभिव्यक्ति दिएका थिए।

कपिलवस्तु प्रहरीले उनलाई पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ। प्रहरीका अनुसार उनी म्यादी प्रहरी नभएको र आफन्त पर्नेको पोशाक दुरुपयोग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved