सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

अधिकारीहरुले त्यहाँ अहिले पनि पाँच हजारभन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन्।

नेपालभ्युज

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

एजेन्सी। चिनियाँ शहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन्।

सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।

अधिकारीहरुले त्यहाँ अहिले पनि पाँच हजारभन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन्।

यसअघि, हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो।

त्यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved